visit-nepal

‘मिस्टर लेले’को फर्स्टलुकमा वरुणको यस्तो अवतार

विराटनगर, २८ पुस । बलिउडका चर्चित अभिनेता वरुण धवनको नयाँ चलचित्रको फर्स्टलुक पोस्टर गरिएको छ । सोमबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘मिस्टर लेले’ को निर्माण घोषणा गरिएको हो ।

शशांक खैतानको निर्देशनमा बन्न लागेको फिल्म ‘मिस्टर लेले’को मुख्य भूमिकामा वरुण देखिएका छन् । सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा वरुणलाई फरक अवतारमा देख्न सकिन्छ । अर्धनग्ङ्न अवस्थामा रहेका वरुणको हातमा पेस्तोल, कम्मरमा सानो झोला छ ।

धेरैजसो फिल्ममा लभर व्याईको भूमिकामा देखिने वरुणको भूमिका र फिल्मका अन्य कलाकारहरूको नाम खुलाइएको छैन । करण जोहरले निर्माण गर्ने यो फिल सन् २०२० को मध्यतिर छायांकनमा जाने पक्का भएको छ भने फिल्म सन् २०२१ को जनवरी १ मा रिलिज गर्ने तयारी रहेको छ ।

वरुण अहिले आफ्नो नयाँ फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’को प्रचार प्रसारमा व्यस्त छन् । साथै उनी अभिनित फिल्म ‘कुल्ली नम्बर १’ पनि पोष्ट प्रोडक्सनमा रहेको छ ।

Loading...