birat ribon

बार्सिलोनालाई समस्या : स्वारेज चार महिना मैदानबाहिर

Neuro
बार्सिलोनालाई समस्या : स्वारेज चार महिना मैदानबाहिर

एजेन्सी, २८ पुस । आफ्ना स्टार खेलाडीको चोटका कारण स्पेनिस क्लब बार्सिलोनालाई ठूलो समस्या आइपरेको छ । क्लबका प्रमुख फरवार्डमध्ये एक लुइस स्वारेजले चोट बोकेर चार महिना मैदानबाहिर रहनु परेपछि बार्सिलोनालाई समस्या आइपरेको हो ।

बार्सिलोनाले आधिकारिक रूपमा उरुग्वेका स्टार स्वारेज चार महिना मैदानबाहिर रहनुपर्ने जनाएको हो । प्रेस नोट जारी गरी उसले आफ्ना फरवार्ड स्वारेजले घुँडा शल्यक्रियाको कारण ४ महिना मैदानबाहिर रहनुपर्ने स्पष्ट पारेको हो ।

cura insider

आइतबार उनको घुँडाको शल्यक्रिया भएको थियो । बार्सिलोनाले जारी गरेको प्रेस नोटमा उनको दाहिने घुँडाको शल्यक्रिया डा. रामोन कटले गरेको र अब उनले चार महिना मैदानबाहिर रहनु पर्ने जनाइएको छ । अब उनले यस सिजनका २३ खेल गुमाउने बार्सिलोनाले जनाएको छ ।

स्वारेजले यस सिजन ११ ला लिगा खेलमा १४ गोल गरेका छन् । यस्तै यस सिजनको च्याम्पियन्स लिगमा तीन गोल गरेका छन् । स्वारेजले स्पेनिस लिगमा सर्वाधिक ७ अस्सिट गरेका छन् ।

jackson ribon