visit-nepal

सहचालकले चलाएको गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी, २८ पुस । सुनसरीको इटहरीमा सेप्टिट्याङकीको गाडीले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–५ पिपलचोक स्थित भित्रि सडक खण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट सुनिता कार्कीको मृत्यु भएको हो ।

आज दिउँसो पौने १ बजेको समयमा को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले साइकलयात्री इटहरी उपमहानगरपालिका–४ हलगडा बस्ने २६ वर्षीया सुनितालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित विराट नर्सिङहोम अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो पौने २ बजेको समयमा उनको मृत्यु भएको थियो ।

उक्त सेप्टिट्याङकी गाडीका चालक इटहरी–५ का ३८ वर्षीय राजन तोलाङ्गेलाई १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सहचालकले चलाएको खुल्न आएपछि सहचालक रामधुनि ३ बस्ने ४९ वर्षीय प्रेमबहादुर खड्कालाई समेत नियन्त्रणमा लिइएको उक्त कार्यालयले जनाएको छ ।

Loading...