birat ribon

यस्ता व्यक्तिले खानु हुँदैन भटमास

Neuro
यस्ता व्यक्तिले खानु हुँदैन भटमास

विराटनगर, २८ पुस । भटमासलाई प्रोटिनको स्रोत मानिन्छ । यसको अतिरिक्त भटमासमा भिटामिन–ए पनि भरपुर मात्रामा पाइन्छ । धेरै शारीरिक व्यायाम गर्ने व्यक्तिहरूको शरीरका प्रोटीन चाहिने हुँदा उनीहरूका लागि भटमास धेरै फाइदाजनक हुन्छ । तर, केही व्यक्ति तथा केही रोग लागेका मानिसहरूलाई भटमास बिष बराबर नै हुन सक्छ ।

एक रिसर्चका अनुसार ६ प्रकारका व्यक्तिले भुलेर पनि भटमास खानु हुँदैन । भटमासमा ‘ट्रान्स फ्याट’ हुन्छ जसले हाई कोलेस्ट्रोल, मुटुको रोग तथा अनेक प्रकारका रोगहरू निम्त्याउने खतरा हुन्छ । भटमासको सेवनले शरीरमा चिनीको मात्रा बढाउने हुँदा मधुमेह भएका व्यक्तिहरूले भटमासको सेवन गर्नु हुँदैन ।

cura insider

भटमासमा पाइने फिटोएस्ट्रोजन नामक केमिकलले सामान्य व्यक्तिलाई खासै असर नगरेपनि मिर्गौलासम्बन्धी रोगबाट पीडितलाई नकारात्मक असर गरी किड्नी फेल हुने खतरासमेत हुन्छ । छालासम्बन्धी कुनै रोग तथा छाला चिलाउने समस्या भएका व्यक्तिहरूले पनि भटमास खानु हुँदैन । त्यस्तै, मूत्राशय (यूरिन) को कयान्सर भएका व्यक्तिले भटमास नखाएकै राम्रो हुन्छ ।

गर्भवती महिला तथा स्तनपान गराइरहेकी महिलाले पनि भटमास खानु हानिकारक मानिन्छ । भटमासमा पाइने एमिनो एसिडले गर्भवती महिलामा चक्कर आउने, रिंगटा लाग्ने जस्ता समस्याहरू निम्त्याउने गर्छ । यस्तै स्तनपान गराइरहेकी आमले पनि भटमास खाँदा दूध पिउने बच्चामा त्यसको नराम्रो असर पर्न गइ अपच हुने खतरा बढ्छ ।

jackson ribon