विराटनगरका सीआइबी प्रहरी भएको भन्दै ठगी गर्ने २ जना पक्राउ

झापा, २८ पुस । झापामा नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ परेका छन् । झापाको बाह्रदर्शी गाउँपालिका–३ स्थित राजगढ बजारमा सोही गाउँपालिका–४ चकचकी बस्ने स्थानीय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ परेका हुन् ।

आज दिउँसो साढे १२ बजेको समयमा गौरीगंञ्ज गाउँपालिका–१ बस्ने २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका–३ का २० वर्षीय जीवन दासले आफूहरू १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सीआइबी प्रहरी भएको भन्दै आलमसँग ७ हजार रुपैयाँ असुली गरेका थिए ।

घटनाबारेमा स्थानीयलाई शंका लागेपछि इलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ उक्त स्थानतर्फ खटिएको प्रहरीको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा पु¥याएको छ भने घटनाबारेमा थप अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Loading...