birat ribon

नेपाललाई अवसर : विश्व कपमा २० देशको सहभागिता गराउने तयारीमा आईसीसी

Neuro
नेपाललाई अवसर : विश्व कपमा २० देशको सहभागिता गराउने तयारीमा आईसीसी

एजेन्सी, २८ पुस । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२३ को टी–२० विश्व कपमा सहभागी देशको संख्या बढाउने तयारी गरेको छ । आइसीसीले सार्वजनिक गरेको रिपोर्टअनुसार अब आगामी विश्व कपमा २० राष्ट्र पुर्‍याउने तयारी थालिएको हो ।

अब १६ सहभागी राष्ट्रबाट ४ राष्ट्रलाई थप गर्दै २० पुर्‍याउने आईसीसीले तयारी गरेको हो । रिपोर्ट अनुसार टी–२० ढाँचाको क्रिकेटको लोकप्रियता बढाउन आईसीसीले यस्तो तयारी गरेको हो । बैठकमा सन् २०२३ देखि २०३१ सम्मको क्रिकेट सत्रमा लामो छलफल भएपछि आईसीसीले क्रिकेटलाई विश्वप्रसिद्ध खेल फुटबल र बास्केटबलको ढाँचामा लाने तयारी गरेको हो ।

cura insider

अब २० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसका लागि २ वटा विकल्प पनि बनाएको छ । विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूलाठूला राष्ट्रसँग खेल्नेछन् भने आईसीसीले ४ समूह बनाएर ५ राष्ट्रलाई विभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेको छ ।

जसमा एसोसियट देशका लागि फाइदा हुने देखिएको छ । यदि यो योजना पारित भएमा नेपालजस्ता एसोसियट र क्रिकेटको क्रेज भएका देशका लागि बढि फाइदा हुनेछ । विशेषगरी अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरियाजस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले यस्तो योजना अगाडि सारेको बताइएको छ ।

jackson ribon