birat ribon

‘हिजो आजको कुरा’को गीतमा दर्जन बढी कलाकारहरूको भीड

Neuro
‘हिजो आजको कुरा’को गीतमा दर्जन बढी कलाकारहरूको भीड

विराटनगर, २८ पुस । हाँस्य सिरियलको नाम राखेर छायांकन सुरु गरिएको फिल्म ‘हिजो आजका कुरा’को छायांकन अन्तिम चरणमा रहेको छ । फिल्ममा समवेश गरिएको ‘ए जदौ माया जदौ’बोलको गीत राजधानीको धुम्बाराहीस्थित एक पार्टी भेन्युमा छायाँकन गरिएको छ । आनन्द अधिकारीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा दर्जन बढी चर्चित कलाकारको प्रस्तुति रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफि रहेको गीतमा सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्माका साथ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, जितु नेपाल, केदार घिमिरे, अभिनेत्री दीपाश्री निरौला, नम्रता श्रेष्ठ, गौरी मल्ल संगीतकार शम्भुजीत बाँस्कोटा, निर्देशक दिनेश डीसीका साथ फिल्मका कलाकारलगायतले नृत्य गरेका छन् ।

cura insider

उक्त गीतमा विवाहमा सेलिब्रेटीहरू उपस्थित हुँदाको माहोललाई चित्रण गरेको बताइएको छ । सन्तोष पन्तका छोरा साकार पन्तले फिल्मलाई निर्देशन गरेका छन् । पन्त फिल्मस प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा सन्तोष र साकारको कथा, सन्दीप किस्नाको पटकथा, हर्कुलस बस्नेतको संगीत रहने छ । फिल्म २०७७ सालको बैशाख १२ गते प्रदर्शनमा आउने भएको छ ।

jackson ribon