७ हजार घुससहित बेलबारीबाट अमिन पक्राउ

विराटनगर, २८ पुस । घुस लिँदै गर्दा नापी कार्यालय बेलबारीका अमिन दिनेशकुमार शाह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ७ हजार घुससहित साहलाई रंगेहात पक्राउ गरेको हो ।

सोमवार दिउँसो बेलबारी– १० भाउन्ने पुगेका साहको पिछा गर्दै अख्तियारको टोली पुगेको थियो । स्थानीय पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सीमाङ्कन गर्न आएका शाहले सोही स्थानका नरबहादुर तामाङसँग घुस लिँदै गर्दा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यलय प्रमुख ज्ञानेन्द्र ढकालले बताए ।

Loading...