birat ribon

यस्ता छन् सखर खानुका फाइदाहरू

Neuro
यस्ता छन् सखर खानुका फाइदाहरू

विराटनगर, २८ पुस । माघे संक्रान्ति नजिकिएसँगै बजारमा चाकु र सखरजन्य पदार्थ पाइन थालिसकेको छ । सखर वा चाकुको प्रयोग परम्पराका साथमा स्वास्थ्यसँग पनि जोडिँदै आएको छ । उखुको रस पकाएर जमाएपछि सखर बन्छ र सखरलाई पकाएपछि चाकु बन्छ ।

गुलियो सखर खाँदा तत्कालका लागि शक्ति र उर्जा प्राप्त हुन्छ । तर, यसलाई औषधिका रूपमा पनि प्रयोग गरिने कुरा कमैलाई थाहा हुन सक्छ । सखरलाई धेरैजसो लड्डु बनाउँदा प्रयोग गरिन्छ । सखर गुलियो चिज बनाउनको लागी मात्र उपयोगी नभएर स्वास्थ्यको लागि पनि निकै उपयोगी हुन्छ ।

cura insider

सखरको सेवनले शरीरमा देखा पर्ने विभिन्न प्रकारका रोगहरू निको पार्न पनि मद्धत गर्छ । सखरले फोक्सोलाई स्वस्थ राख्न मद्दत गर्छ । सखरमा सेलेनियम नामक तत्त्व हुन्छ जसले एन्टीअक्सिडेन्टको काम गर्छ । यसले घाँटी र फोक्सोेमा संक्रमण हुन दिँदैन र घाँटी र फोक्सोलाई स्वस्थ राख्नलाई मद्दत गर्छ ।

सखरको सेवन रुघाखोकी, सर्दी तथा नाकको एलर्जीमा फाइदाजनक हुन्छ । नाकमा एलर्जी भएका व्यक्तिलाई सखरको सेवनले फाइदा गर्छ । सखर र तिलको मिश्रणलाई खानाले जाडोमा शरीरलाई न्यानो बनाएर रुघाखोकी, सर्दी, कफ तथा दमबाट राहत मिल्छ ।

जाडो मौसममा प्रायः धेरै मानिस विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित हुन्छन् । जाडोको समस्याबाट छुट्कारा पाउन, तथा पेट र शरीरको दुखाइबाट छुट्कारा पाउनका लागि सखर राखेको चिया पिउनु लाभदायक हुन्छ र तुरुन्तै समस्या समाधान हुन्छ ।

jackson ribon