birat ribon

एनआरटीसँग पुलिस पराजित

Neuro
एनआरटीसँग पुलिस पराजित

काठमाडौं, २८ पुस । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टिम एनआरटीले जित निकालेको छ । सोमबार भएको पहिलो खेलमा एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लब १–० गोलले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जिताउन दर्शन गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७६औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई जिताए ।

cura insider

यस जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । यता, पुलिस भने ८ अंकसहित सातौं स्थानमा छ ।

jackson ribon