birat ribon

रामोसले १५ दिन मैदानबाहिर रहनुपर्ने

Neuro
रामोसले १५ दिन मैदानबाहिर रहनुपर्ने

एजेन्सी, २८ पुस । रियल मड्रिडका कप्तान सर्जियो रामोस घाइते भएका छन् । स्पेनिस सुपर कपको फाइनल खेलमा कप्तान रामोस घाइते भएको र उनी केही समय मैदानबाहिर रहने रियल मड्रिडको मेडिकल टिमले जानकारी दिएको छ ।

game

आइतबार राति भएको फाइनल खेलमा रियलले शहरी प्रतिद्वन्द्वी क्लब एथ्लेटिको मड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको थियो । साउदी अरेबियास्थि किङ अब्दुल्ला स्पोर्ट्स स्टेडियममा भएको निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

cura insider

निर्धारित र अतिरिक्त समयमा गोल नभएपछि पेनाल्टी सुटआउट हुँदा कप्तान रामोसकै गोलसँगै रियलले पेनाल्टी सुटआउटमा ४–१ को जित निकालेको हो । रियलले ११औँ पटक स्पेनिस सुपर कपको उपाधि जिताउन सहयोग गरेका उनले १० देखि १५ दिन मैदानबाहिर रहनुपर्ने बताइएको छ ।

‘एल चिरिङ्गूटो’का अनुसार खुट्टामा सामान्य चोट आएता पनि उनले १० देखि १५ दिन मैदानबाहिर रहनुपर्ने भएको हो । रामोस खेलका क्रममा नै घाइते भएका थिए तर पनि उनले खेल्न छोडेनन् ।

jackson ribon