यसरी खिच्न सकिन्छ स्मार्टफोनबाट राम्रो फोटो

विराटनगर, २८ पुस । स्मार्टफोनमा उच्चस्तरीय क्यामराहरू उपलब्ध हुन थालिसकेपश्चात डिजीटल क्यामराको प्रयोग विस्तारै विस्थापित हुँदै गइरहेका छन् । अहिले बजारमा पाइने स्मार्टफोनहरूमा निकै नै राम्रा–राम्रा फिचर भएका क्यामराहरू उपलब्ध हुन्छन् जसको कारण डिजीटल क्यामरा प्रयोगकर्ताहरूको कमी भएको हो ।

पछिल्लो समय स्मार्टफोन खरिद गर्ने ग्राहकले सर्वप्रथम सो फोनको क्यामरा कस्तो प्रकारको रहेको छ भनेर बुझ्ने गर्दछन् । स्मार्टफोन प्रयोगकर्ताले स्मार्टफोनलाई फोटो खिच्नका लागि प्रयोग गरेको हुन्छ । नयाँ स्मार्टफोनका क्यामराहरू धेरै नै अब्बल भएको कारणले गर्दा उक्त अटोमेटिक मोडमा खिचेका प्रायजसोः तस्विरहरू राम्रा र उच्चस्तरीय हुने गर्छन् ।

स्मार्टफोनबाट फोटो खिच्दा निम्न कुराहरूमा ध्यान दिएमा राम्रो तस्विरहरू लिन सकिन्छ ।

१.. एचडीआर मोडको प्रयोग

स्मार्टफोनहरूमा अहिले एचडीआर अर्थात् हाइ डाइनामिक रेन्जको फिचर उपलब्ध हुन्छ जुन अति नै महत्त्वपूर्ण फिचर हो । विशेषतः क्यामराले अध्यारो र उज्यालो ठाउँ दुवैबाट जानकारी र डिटेलहरूसहितको तस्बिर खिच्नका लागि यो फिचरको प्रयोग गरिन्छ । प्रविधिको विकाससँगै स्मार्टफोनहरूमा अहिले अटोमेटिक एचडीआर मोडमा तस्बिर खिच्ने फिचर पनि राखिएको हुन्छ जसले गर्दा एचडीआर अन अफ गर्ने झन्झटबाट मुक्त हुन्छ ।

२. फोकस र एक्सपोजर मिलाउने

प्रायजसो स्मार्टफोनमा फोकस मिलाउनका लागि अटोमेटिक मोड रहेको हुन्छ । कतिपय अवस्थामा क्यामराले फोकस गरेको वस्तु सान्दर्भिक नुहन पनि सक्छन् । तर फोकस मिलाएर तस्बिर लिँदा फोकसमा परेको वस्तु वा व्यक्तिको तस्बिरमा धेरै जानकारीहरू आउने र तस्विर स्पष्ट हुने गर्दछ । फोकस मिलाएर ब्लर इफ्फेक्ट हासिल गर्न सकिन्छ । तस्बिर खिच्ने क्रममा यदि खिच्न चाहेको वस्तु वा व्यक्तिमा अध्यारो भएमा एक्पोजरलाई बढाउन सकिन्छ तर ठीक विपरीत तस्बिरमा धेरै उज्यालो आएको छ र लाइट धेरै भएको कारणले तस्बिरमा जानकारीहरू देखा परिरहेको छैनन् भनेचाहिँ एक्सपोजरलाई घटाउनु पर्ने हु्न्छ ।

३. हात स्थिर राख्ने

तस्बिर लिने क्रममा धेरै जनाको एउटै समस्या भनेको नै हात हल्लिएर तस्बिर बिग्रने हो । यदि राम्रो र उच्चस्तरीय तस्बिर खिच्ने हो भने तस्बिर लिने समयमा हातलाई स्थिर राख्नु आवश्यक हुन्छ । तर हातलाई स्थिर राख्न समस्या छ भने स्मार्टफोन क्यामराको लागि पनि ट्राइपड खरिद गर्न सकिन्छ जसको सहयोगबाट स्थिर तरिकाले तस्बिर खिच्न सकिनेछ ।

४. विविध स्मार्टफोन फोटोग्राफी एप्सको प्रयोग

राम्रो तस्बिर लिनका लागि पनि विभिन्न किसिमका स्मार्टफोन फोटोग्राफी एप्सहरूको प्रयोग गर्न सकिन्छ । त्यस्ता एप्सहरूले राम्रो तस्बिर लिनका लागि निकै नै उपयोगी हुन्छन् । यसका लागि गुगल क्यामरा एउटा राम्रो एप्स हुन सक्छ ।

Loading...