birat ribon

मान्छेले दिनमा करिब १ घण्टा अर्काको विषयमा कुरा गर्छन् !

Neuro
मान्छेले दिनमा करिब १ घण्टा अर्काको विषयमा कुरा गर्छन् !

विराटनगर, २८ पुस । अधिकांश मानिसहरू दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा गरिरहेका हुन्छन् । मानिसहरूमा प्रायजसो प्रशंसा गर्ने देखि लिएर कुरा काट्ने बानी हुन्छ ।

‘सोसियल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स’ मा प्रकाशित गरिएको जर्नलमा मान्छेले दिनमा करिब १ घण्टा अरुका पछाडि कुरा गर्ने अर्थात् ‘गसिप’ गरेर बिताउने गरेको उल्लेख गरिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्ययनकर्ताले ४ सय ६७ मानिसमा अध्ययन गरेपछि मानिसहरूले दिनको कम्तिमा १ घण्टा गसिप गर्ने तथा यस्तो गसिप पुरुषले भन्दा पनि महिलाहरूले धेरै गर्ने गरेको अनुसन्धानले देखाएको हो ।

cura insider
aaaaaaaa

त्यस्तै, युवाहरूले वयश्कको तुलनामा बढी नकारात्मक कुरा गर्ने गरेको संकलन गरिएको डाटाले देखाएको छ । युनिभर्सिटीले सहभागी सबैमा एउटा सानो पोर्टेबल रेकर्डर लगाएर २ देखि ५ दिनसम्म सबै संवाद र अन्तरक्रियाहरू अध्ययन गरेर सबै रेकर्डिङको विश्लेषण गर्दा एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने र १५ प्रतिशतले मात्र कुरा काट्ने तथा नकारात्मक कुरा गर्ने गरेको पाइएको हो ।

गरिब र अशिक्षितहरूले धेरै गसिप गर्ने गरेको विश्वास रहेपनि अनुसन्धानले सो भनाइ गलत साबित गर्दै धनी र शिक्षितहरू नै अरुका बारेमा धेरै कुरा गरिरहेको पत्ता लगाएको छ ।

jackson ribon