visit-nepal

विद्यामार्ग टोल संगठनको मुनाफा १९ लाख

विराटनगर, २८ पुस । विराटनगर महानगरपालिका– २ मा रहेको विद्यामार्ग टोल संगठनले १९ लाख ८६ हजार रुपैयाँ मुनाफा कमाएको छ । २०५७ सालमा स्थापना भएको टोल संगठनले १९ लाख ८६ हजार ९ सय ७८ रुपैया मुनाफा गरेको हो ।

१ लाख ६५ हजार रुपैयाँको अधिकृत पुजीबाट कारोबार सुरु गरेको सो टोल संगठनले ६४ लाखरुपैयाँ ऋण लगानिगरेको छ । शनिबार विराटनगर–२ स्थित आफनै कार्यलयमा भएको १९औं वार्षिक साधारणसभामा गरी संस्थाले ९४ लाख रुपैयाँको कारोबार गरेको अध्यक्ष सुभाष कामतले बताए ।

साधारणसभामा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले टोल संगठनले समाज विकासका क्रममा उल्लेख्य काम गरेको बताए ।

Loading...