birat ribon

जाभी नयाँ प्रशिक्षक बनेमा बार्सिलोना भाग्यमानी हुनेछ : नेयमार

Neuro
जाभी नयाँ प्रशिक्षक बनेमा बार्सिलोना भाग्यमानी हुनेछ : नेयमार

विराटनगर, २८ पुस । ब्राजिलका स्टार खेलाडी नेयमारले जाभी हर्नान्डेज पूर्वक्लब बार्सिलोनाको नयाँ प्रशिक्षक भएमा बार्सिलोना भाग्यमानी हुने बताएका छन् । एक अन्तर्वार्ताका क्रममा बार्सिलोनाका पूर्वखेलाडी नेयमारले यस्तो बताएका हुन् ।

अहिले जाभी बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने चर्चामा रहेका छन् । कतार स्टार्स लिग क्लब अल–स्याडका म्यानेजरसमेत रहेका जाभीलाई बार्सिलोनाले आगामी दुई पूरा सिजन प्रशिक्षकको जिम्मेवारी सुम्पिने चर्चा छ । बार्सिलोनाले आफ्ना वर्तमान प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई हटाएर पूर्वखेलाडी जाभीलाई प्रशिक्षकको रूपमा नियुक्त गर्ने चर्चा चलेको हो ।

cura insider

जाभीले पनि यस विषयमा सहमति जनाउन सक्ने सम्भावना छ । उनले हालै दिएको एक अन्तर्वार्ताका क्रममा आफ्नो सपना बार्सिलोनाको प्रशिक्षक बन्नु रहेको बताए । ‘मेरो सपना बार्सिलोनाको प्रशिक्षक बन्नु हो’, शनिबार आफ्नो टोली कतारी कपको फाइनल पुगेपछि बोल्दै उनले भने, ‘म आफ्नो सपनालाई अस्वीकार गर्नै सक्दिँन । मैले यो धेरै पटक धेरै वटा अन्तर्वार्तामा भनिसकेको छु । सबैलाई थाहा छ कि म बार्सिलोनाको फ्यान हुँ । बार्सिलोनामा मेरो हृदयमा छ ।’

यस्तैमा २ वर्ष जाभीसँग बार्सिलोनामा एक साथ खेलेका नेयमारले पनि यस विषयमा मुख खोलेका हुन् । ‘जाभी एक खेलाडीको रूपमा असाधारण छन् र कोचको रूपमा पनि विशेष छन्’, उनले भने, ‘यदि, उनी बार्सिलोनाका नयाँ प्रशिक्षक बने भने बार्सिलोना साँच्चै भाग्यमानी हुनेछ । किनकी, उनी महान् व्यक्ति हुन् । उनीसँग खेल्नु पाउनु धेरै खुशीको क्षण थियो । म उनलाई शुभकामना दिन्छु ।’

नेयमारले २०१४ र २०१५ गरी २ वर्ष जाभीसग खेलेका थिए । सन् २०१७ मा बार्सिलोनाबाट पीएसजी गएका नेयमार पुनः बार्सिलोना फर्किने चर्चामा छन् ।

jackson ribon