झापामा वृद्धाद्वारा आफ्नै घाँटी रेटेर आत्महत्या

झापा, २८ पुस । झापामा एक वृद्धाले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी छन् । झापाको बिर्तामोड नगरपालिका–१० शैनिक बजारकी ७१ वर्षीय रोशानी राईले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी हुन् ।

आइतबार साँझ साढे ७ बजे आफ्नो घरमा रहेको घाँस काट्ने हसियाँले आफ्नै घाँटी रेटेपछि उनी गम्भीर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Loading...