छिचिमिरा प्रबृत्ती


उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले पार्टीको निर्णय बिपरित राजिनामा नदिने अडान लिएको बिषयलाइ छिचिमिरा प्रबृत्ती भन्दै विराटनगर निवासी युवा जगन निरौला आफनो फेसबुकबालमा यस्तो धारणा व्यक्त्त गर्छन ।

उपसभामुख को “छिचिमीरा” प्रवृत्ति – छिचिमीरा भूइवाट निस्कनासाथ उड्न थाल्छ ! पखेटा कती परिपक्व छ भनेर उस्लाई थाहा हुन्न ! आफ्नो पखेटा प्रतीको भ्रमले उ यती माथि उडन खोज्छ कि त्यो नै उसको अन्तिम उडाई वन्छ ! पखेटा चुडीन्छन र भूइमा खस्छ ! उपसभामुख मा पनि यो प्रवृत्ति प्रतीत भैरहेको छ ! राजनितीमा कुनै पदको योग्यता र हैसियत उमेदवारको सैक्षिक योग्यता, उमेर या भाषण ले हैन पार्टीमा उसको समय लगानी, इतिहास, अनुभव र संबंधित क्षेत्र मा सुझबुझ, पद अनुसार को कूटनीतिक र समन्वय क्षमता ले तय गर्छ ! दलीय व्यवस्थामा पार्टीले त्यसको मुल्यांकन गर्छ र त्यही अनुसार जीमेवारी तय गर्छ ! तर त्यो पद्धती नवुझेर आफूलाई आफैं योग्य दावीगर्दै पार्टी संग लाप्पा खेलन खोज्नु छिचिमीरा प्रवृत्ति हो ! यस्ले स्वयं उनैलाई नोकसान गर्दैछ ! उप हुदैमा मुख्य पदको हकदार हुने भए सवै उपप्रधानमंत्री हरु तुरन्तै प्रधानमन्त्री पदका दावेदार हुन्थे ! निरप्रेक्ष योग्यता र क्षमता को कुरा गर्ने हो भने प्रधानमन्त्री हुन क्षमता राख्ने मान्छे कैयौं छ्न ! तर ती सवले प्रम को दावी गरेर हुन्छ ? त्यसर्थ उनलाई उचालने मान्छेले राजनिती को विधी लाई हैन तीनको कुनै स्वार्थलाई आधार बनाउँदैछन ! त्यसैले कुरा वुझेर राजीनामा दिनु नै उनी छिचिमीरा वन्न वाट जोगीने एकमात्र उपाय हो ! चेतना आए उन कै लागि राम्रो !

Loading...