birat ribon

सलमानको आगामी फिल्म : ‘कभी ईद कभी दीवाली’

Neuro
सलमानको आगामी फिल्म : ‘कभी ईद कभी दीवाली’

विराटनगर, २८ पुस । बलिउडका चर्चित अभिनेता सलमान खानले आफ्नो नयाँ सिनेमाको घोषणा गरेका छन् । ट्वीटरबाट सलमानले आफ्नो नयाँ सिनेमाको नाम र प्रदर्शन मिति घोषणा गरेका हुन् ।

सलमानले कहिले आफ्नो फिल्म दीपावाली तथा धेरैजसो इदमा प्रदर्शन गर्दै आएका छन् । यसै क्रममा आगामी वर्षको ईदमा प्रदर्शन गर्नका लागि सलमानले आफ्नी नयाँ फिल्म ‘कभी ईद कभी दीवाली’ घोषणा गरेका हुन् ।

cura insider

सलमानले सन् २०२० को वर्षको ईदमा भने ‘राधेः द मोस्ट वान्टेड भाइ’ रिलिज हुने पक्का भएको छ । फिल्मलाई ‘हाउसफुल ४’ निर्देशन गरेका फरहाद सामजीले निर्देशन गर्ने भएका छन् । फरहादले पनि ट्विटरबाट समाचारको पुष्टी गरेका छन् ।

निर्माता साजिद नाडियालवाले निर्माण गर्ने फिल्ममा सलमानको अपोजितमा अभिनेत्री कृति सेननलाई अनुबन्धित गर्ने सम्भावना धेरै देखिन्छ । फिल्म निर्देशकको रोजाइमा कृति परेको बताइन्छ ।

jackson ribon