birat ribon

बत्ति बालेर सुत्दा निम्तिन्छ रोग

Neuro
बत्ति बालेर सुत्दा निम्तिन्छ रोग

विराटनगर, २८ पुस । रातिको समयमा बत्ती बालेर सुत्नाले स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने पाइएको छ । थोरै मात्रामा घामको प्रकाशले शरीरलाई फाइदा पुर्‍याउने गरे पनि शरीरको आवश्यकताभन्दा धेरै कृत्रिम प्रकाशले मानव शरीरलाई थाहा नपाई हानि पुर्‍याइरहेको छ ।

रातको समयमा धेरै समयका लागि कृतिम प्रकाशले शरीरलाई नकारात्मक असर पार्ने गर्छ । कृतिम प्रकाशले निन्द्रालाई प्रभावित पारेर रक्तचापमा उतारचढाव ल्याउने गर्छ । शरीरले दिनको समयमा भन्दा रातको समयमा प्राकृतिक रूपमा अँध्यारो खोज्ने गर्छ । कृत्रिम प्रकाशले मस्तिष्कमा निकै प्रभाव पारिरहेको हुन्छ । रातको समयमा रातभर नै उज्यालो प्रकाशमा बसेर काम गर्ने, पढ्ने, ड्युटी गर्ने मानिसको शरीरमा केही समयपछि विभिन्न नकारात्मक असरहरू देखा पर्न थाल्छ ।

cura insider

बत्ति बालेर सुत्दा निन्द्रा पनि राम्रो लाग्दैन । कृतिम प्रकाशले अल्छिपना, थकान तथा अनिन्द्राको समस्या उत्पन्न गरि तनाब, डिप्रेसन तथा मानसिक समस्या निम्त्याउन सक्छ । राति सुत्ने बेलामा बत्ति बालेर सुत्नाले शरीरमा क्यान्सरलाई सक्रिय गर्ने कोशिकाहरू सक्रिय गराउन सक्छ । यसरी राति बत्ती बालेर सुत्दा पुरुषलाई भन्दा बढी महिलालाई हानी गर्ने पाइएको छ ।

अनुसन्धानका अनुसार बत्ति बालेर सुत्ने महिलाहरूमा भन्दा पनि बत्ति निभाएर सुत्ने महिलामा स्तन क्यान्सरको जोखिम २२ प्रतिशतले बढ्ने देखाइएको छ । साथै राति पढ्ने, काम गर्नेतथा धेरै प्रकाशमा बस्ने मानिसहरूमा तनाव, क्यान्सर, मधुमेह र छालासम्बन्धी समस्यालगायतका विभिन्न रोगहरूको जोखिम बढ्ने देखाएको छ ।

jackson ribon