birat ribon

रोनाल्डोको पेनाल्टी गोलमा युभेन्टस शीर्ष स्थानमा

Neuro
रोनाल्डोको पेनाल्टी गोलमा युभेन्टस शीर्ष स्थानमा

विराटनगर, २८ पुस । युभेन्टस इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा युभेन्टसले बलियो टोली रोमालाई २–१ गोलले हराउँदै शीर्ष स्थानमा पुनरागमन गरेको हो ।

aaafg

रोमाको मैदानमा भएको उक्त खेलमा युभेन्टसलाई जिताउन मेरिह डेमिरल र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे । रोमाका लागि डिएगो पेरोट्टीले एक गोल फर्काए । खेलको तेस्रो मिनेटमा डेमिरलले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए ।

cura insider

यस्तै खेलको दसौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । उनले पेनाल्टीमा गरेको गोलका कारण युभेन्टसले पहिलो हाफभरि २–० गोलको अग्रता बनाएको थियो । खेलको ८९औं मिनेटमा रोमाले पनि पेनाल्टी पाएको थियो, जसमा पेरोट्टीले गोल गर्दै रोमालाई खेलमा फर्काउन खोजे । तर, बाँकी समयमा गोल हुन नसकेपछि युभेन्टसले २–१ गोलको जित निकाल्यो ।

aaa

यस जितसँगै ऊ ४८अंक बनाउँदै शीर्ष स्थानमा फर्कियो । दोस्रो स्थानको इन्टर मिलानसँग ४६ अंक छ । यता, युभेन्टससँग पराजित रोमासँग ३५ अंक छ । ऊ लिगको पाँचौं स्थानमा छ ।

jackson ribon