visit-nepal

साउदीमा भारी हिमपात

साउदी अरब २८ पुस । साउदी अरबको उत्तरी क्षेत्र ताबुकमा हिमपात भएको छ । हिमपात शुक्रबार बिहानदेखि सुरु भएको हो ।

अरब न्यूजका अनुसार हिउँले जबल अललावज अल दाहेर र अल्कान पर्वत ढाएिको छ । साउदी अरबको यो उत्तरी क्षेत्र पर्यकीय दृष्टिले लोकप्रिय छ । अरब न्युजले यस क्षेत्रको तापमान शुन्य भन्दा तल पुगेको छ । प्रशासनले मौसम परिवर्तन भएपछि सतर्क गराएको छ ।

मौसम विभागले ताबुक मदीना र उत्तरी सीमावर्ती क्षेत्रमा अझै धेरै हिमपात हुने चेतावनी दिएको छ ।

अरबी पत्रिका अशराक अल अवसातका अनुसार अरबमा प्रत्येक वर्ष दईदेखि तीन हप्तासम्म त्यक्ष क्षेत्रमा हिमपात हुने जनाएको छ । यो क्षेत्र साउदीको उत्तरपश्चिमी क्षेत्रमा पर्छ ।

Loading...