birat ribon

एथ्लेटिकोलाई हराउँदै रियल मड्रिडले जित्यो स्पेनिस सुपर कपको उपाधि

Neuro
एथ्लेटिकोलाई हराउँदै रियल मड्रिडले जित्यो स्पेनिस सुपर कपको उपाधि

विराटनगर, २८ । रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा रियलले शहरी प्रतिद्वन्द्वी क्लब एथ्लेटिको मड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको हो ।

real

साउदी अरेबियामा भएको उपाधि भिडन्तमा रियलले पेनाल्टी सुटआउटमा एथ्लेटिकोलाई हरायो । किङ अब्दुल्ला स्पोर्ट्स स्टेडियममा भएको निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसबीचमा रियल १० खेलाडीमा सीमिति बनेको थियो । अतिरिक्त समयमा अल्भारो मोराटालाई फल गरेपछि फेडरिको भाल्र्भेडे रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

cura insider

निर्धारित र अतिरिक्त समयमा गोल नभएपछि पेनाल्टी सुटआउट हुँदा एथ्लेटिकोका औल निगुएज र थोमस मार्टे पेनाल्टीमा चुकेका थिए । तर, कप्तान सर्जियो रामोसको गोलसँगै रियलले पेनाल्टी सुटआउटमा ४–१ को जित निकालेको हो ।

यससँगै रियलले ११औँ पटक स्पेनिस सुपर कपको उपाधि जित्यो ।

jackson ribon