birat ribon

फेरी पस्यो पश्चिमा वायू, मौसममा वर्षको सम्भावना

Neuro
फेरी पस्यो पश्चिमा वायू, मौसममा वर्षको सम्भावना

विराटनगर २८ । आजदेखि नेपालमा फेरी पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्दै छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार देशको सुदूरपश्चिम क्षेत्रको आकाशमा पश्चिमी न्यून चापीय प्रणालीको बादल आउने क्रममा छ।

cura insider

यसले पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ। साथै पश्चिम पहाड तथा तराईका केही स्थानमा हल्का वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले भित्रिने प्रणाली कमजोर किसिमको भएकाले यसको प्रभाव पश्चिमी क्षेत्रमा मात्र सीमित हुने र देशका अन्य स्थानमा खासै असर नपार्ने वरिष्ठ मौसमविद् पौडेलको अनुमान छ।

तराई भूभागमा हुस्सु तथा कुहिरो लाग्ने भएकाले हुस्सु कुहिरो लागेका स्थानमा राम्रो सँग घाम नलाग्ने भएकाले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपाय अपनाउन हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न आवश्यक छ ।
सोमबार प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणाली मंगलबार रातिदेखि कमजोर हुने महाशाखाले जनाएको छ।
सोमबार देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराई भूभागमा हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको छ।

राति देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ।

भोली मंगलबार दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

१ माघमा दिउँसो देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

jackson ribon