हराएकी महिला मृत फेला

उदयपुर २८ पुस । उदयपुरको त्रियुगा नगरपालिका १२ की ४० वर्षीया सुन्तली बोट मृत फेला परेकी छन् ।

गत शनिवार बिहान १० बजे घरबाट माछा मार्न बरुवा खोलामा गएकी बोट बेलुकासम्म पनि फर्केर नआएपछी खोजतलास उनको खोजी थालिएको थियो ।

खोजी गर्ने क्रममा आइतबार बरुवा खोलाको दोभानमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Loading...