birat ribon

पत्रपत्रिकामा प्रदेश :अतिक्रमणले चरा घटे

Neuro
पत्रपत्रिकामा प्रदेश :अतिक्रमणले चरा घटे

विराटनगर २८ पुस । मानव अतिक्रमणले कोशी टप्पुमा बर्षेनी जलचरा घट्दो क्रममा छ । सायौंको संख्यामा एकै झण्डमा बस्ने चरा अहिले स साना झुण्डमा देखिने गरेका छन् ।

उद्घोष दैनिकमा छापिएको खबरमा कोशी टप्पु आरक्षण भित्रको चरिचरण र माछा मार्नेहरुको चहलपहलले चराको संख्यामा कमी आएको उल्लेख छ । ३२ वर्षदेखि लगातार पुस महिनामा हुने गरेको जलचरा गणनामा लगातार जलचराको संख्या घट्दो देखिएको छ ।

cura insider

२०७५ सालमा ५२ प्रजातिका ६ हजार ९ सय ५९ चरा रहेका थिए । २०७४ मा ५५ प्रजातिका ५ हजार ९ सय ६४ चरा गणना गरिएको थियो । २०७३ सालमा ५७ प्रजातिका ८ हजार ५ सय ६१ वटा चराको रेकर्ड राखिएको थियो ।

जनविद्रोह दैनिकमा आइसीपी हस्तान्तरण जनवरी २१ मा शिर्षकमा मुख्य समाचार छ । मोरङको बुधनगरमा निर्माण भएको एकीकृत जाँचचौकी एआईसीपी) आगामी २१ तारिखमा हस्तान्तरण हुने भएको हो ।

नेपाल इन्टरमोडल विकास समितिका अनुसार निर्माणको काम सकिएको आएसीपी २१ जनवरीमा हस्तान्तरण गर्ने भारतीय पक्षले जानकारी दिएको छ । आईसीपी निर्माणको जिम्मा भारतीय कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालि अहमदावादले लिएको थियो ।

माघ २०७३ बाट निर्माण सुरु भएको आईसीपी दुई वर्ष भित्र बनाइसक्ने लक्ष्य भएपनि १ वर्ष ढिलो भएको छ । आईसीपी हाताभित्र नै भन्सार, पशु क्वारेन्टाइन, लगायत सीमा क्षेत्रमा हुने सरकारी सेवा एकै थलोबाट दिइने छ ।

विद्यालय समाजको ज्ञानकेन्द्र शिर्षकमा ब्लाष्ट टाइम्समा समाचार छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको उच्चतम प्रयोग गरी प्रदेशका विद्यालयलाई समाजको ज्ञान केन्द्रका रुपमा स्थापित गर्न प्रदेश सरकार लागि परेको बताएका छन् ।

प्रविधिमैत्री शिक्षक समाज नेपालको आइतबारदेखि सुरु भएको राष्ट्रिय डिजिटल समाग्री प्रदर्शनीमा बोल्दै यस्तो बताएका हुन् ।

जाँच बर्थिङ सेन्टरमा, सुत्केरी अस्पतालमा

कान्तिपुर दैनिकको प्रदेश १ पृष्ठमा जाँच बर्थिङ सेन्टरमा, सुत्केरी अस्पतालमा शिर्षकमा खबर छ । सरकारले प्रोत्साहनबापत नगदसहित, निशुल्क सेवा दिएपनि बिरामीले सेन्टरलाई विश्वास गर्न सकिरहेका छैनन् ।

झापामा आमा सुरक्षा कार्यक्रमसहित बर्थिङ सेवा ६ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा छ । गत आर्थिक वर्षमा १६ हजार ६ सय २ महिलाले आमा सुरक्षा कार्यक्रमअन्र्तगत यो सुविधा लिएका छन् ।

तर अधिकाँशले यो सेवा बर्थिङ सेन्टरबाट नभइ अस्पतालबाट लिएका हुन् । सामान्य सेवा मात्रै दिने भएकाले बर्थिङ सेन्टरमा बिरामी नै आउन नमान्ने पृथ्वीनगर स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक नेत्र दाहालले बताए ।

jackson ribon