birat ribon

डोटी प्रहरीले भत्कायो १८ छाउगोठ

Neuro
डोटी प्रहरीले भत्कायो १८ छाउगोठ

डोटी २७ पुस । एक हप्तायतादेखि डोटीमा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । डोटीका ९ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी रहेको छ । प्रहरीले छाउ गोठ भए/नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत डोटीको बडीकेदार गाउँपालिकामा मात्रै प्रहरी १८ वटा छाउपडी गोठ भत्काएको छ ।

cura insider

छाउपडी गोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देउवाले बताए ।

केही ठाउँमा स्थानीयले आफैँ भत्काउन थालेका छन् । प्रहरीले सञ्चालन गरेको अभियनामा स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहँदै आएको छ ।

डोटीका छाउपडी गोठ भत्काउने अभियानलाई सफल पार्नका लागि स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

डोटी जिल्लालाई फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडीका नाममा गरिँदै आएको विकृति तत्काल अन्त्य गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन यहाँका स्थानीय तहलाई पत्राचारसमेत गरेको छ ।

डोटीमा कम्तीमा पनि १ सय को हाराहारीमा छाउगोठ हुनसक्ने सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको अनुमान रहेको छ

jackson ribon