birat ribon

गुण्डा पक्राउ गर्न प्रहरीले गोली चलायो

Neuro
गुण्डा पक्राउ गर्न प्रहरीले गोली चलायो

काठमाडौं २७ पुस । प्रहरीले गोली हानेर फरार अभियुक्त विष्णु लामा पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नियन्त्रणमा लिन गएको प्रहरीलाई आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर लामालाई पक्राउ गरिएको बताए ।

cura insider

उनी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ । उनका अनुसार लामाको घुँडामुनि गोली लागेको छ ।

विशेष सुराकीका आधारमा उनी बौद्धको जम्बुडाँडामा आएको थाहा पाएपछि खोजीका लागि खटिएको महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको हो । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

लामा गत वर्ष माघमा काठमाडौँको जोरपाटीमा १७ महिनाको बालिकाको हत्या गरेको र गत भदौमा काठमाडौँ मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरी भागेको मुद्दाका आरोपी हुन् ।

jackson ribon