visit-nepal

नोना कोइराला प्रतिष्ठानद्वारा न्यानो कपडा वितरण

विराटनगर २७ पुस । नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरको शिक्षा सदन माविका दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

प्रतिष्ठानले विद्यालय परिसरमा आइतबार कक्षा ५ सम्मका दुई सयजना विद्यार्थीलाई स्विटर, टोपीसहितका न्यानो कपडा वितरण गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरे कोइरालाले जाडोको समयमा विपन्न परिवारका नानीहरुलाई विद्यालय आउन नै कठिन हुने महसुस गरी सहयोग गरिएको बताए ।

कार्यक्रममा प्रदेश १ का कांग्रेस प्रमुख सचेतक केदार कार्की, कांग्रेस क्षेत्रीय सभापति जितेन्द्र गोल्छालगायत नेता सहभागी थिए ।

Loading...