visit-nepal

सुशासनमा जनप्रतिनिधिहरु प्रतिबद्ध भएमात्र संघीयाता दिगो हुने

विराटनगर २७ पुस । सुशासन कायम गराउन जनप्रतिनिधिहरु प्रतिबद्ध भएर लागिपरे मात्र संघीयता दिगो हुने सांसद र सरकारी अधिकारीहरुले बताएका छन् ।

२७ पुसमा एक नम्बर प्रदेश सभाको सुशासन तथा योजना समितिले प्रदेश सरकारको योजना कार्यान्वयनको अवस्थाबारे जनप्रतिनिधिहरुसँग जानकारी लिँदै भ्रष्टचार नियन्त्रण गरेर सेवामा सुशासन कायम गराउन सकेमात्र संघीयता दिगो रुपले कार्यान्वयन हुन सक्ने बताए ।

सभामुख प्रदीपकुमार भण्डारीले जनप्रतिनिधिहरुले चाहे मात्र सेवामा सुशासन कायम हुनसक्ने र त्यो संघीयता विरोधीहरुका लागि खरो जवाफ हुने बताए । उनले सबै जनप्रतिनिधिहरुले मुख्य जिम्मेवारी सुशासन कायम गराउनु भएको बुझ्न आग्रह गरे ।

प्रदेश संसादको सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले संघ र प्रदेश सरकारको योजना कार्यान्वयन गराउने तल्लो तहसम्म सेवा दिने निकाय स्थानीय तह नै भएकोले त्यहाँ सुशासन हुन अति आवयश्क रहेको बताए ।

यसैले समितिले योजना कार्यान्वयनको अवस्थाबारे जनप्रतिनिधिहरुसँग बुझ्न थालेको जानकारी गराए । समिति सदस्य शेखरचन्द्र थापाले जनताले सुशासन अनुभुत गरे नगरेको प्रत्यक्ष बुझ्ने व्यक्त्ति जनप्रतिनिधिहरु नै भएकोले सरकारका बजेटमा भ्रष्टचारलाई शुन्य सहनशिलतामा राखेर कार्यान्यवन गराउन सुझाव दिए ।

एक नम्बर प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले नेपालको संबिधान सुशासनका लागि उत्कृष्ट दस्ताबेज भएपनि व्यवहारमा सही ढंगले सेवा लागू नभएर जनताले सुशासन अनुभूति गर्न नसक्ने बताए ।

उनले सुशासन कायम गराउन लेखेर मात्र हैन व्यवहारमा मै लोकतान्त्रिकरण हुनुपर्नेमा जोड दिए । प्रमुख सचिव अधिकारीले व्यक्तिलाई माथि पुर्याएर मात्रै सुशासन नआउने भएकोले योजनाहरु लक्षित र्गकालागि सही ढंगले कार्यान्वयन गराउन सबैले सचेत हुनुपर्छ भने ।

प्रदेश र संघीय सरकारले समन्वय नगरेको गुनासो

एक नम्बर प्रदेश मातहतका स्थानीयत तहका प्रशासकीय अधिकृत र जनप्रतिनिधिहरुले योजना कार्यान्वयन गराउँदा संघ, प्रदेश सरकार र सांसदहरुले सहकार्य नगर्ने गरेको गुनासो गरे ।

सुटुक्क योजनाहरु सम्पन्न गर्ने र राम्रो भए आफुले जस लिने र नराम्रो भए वा बाधा आइपरे स्थानीय तहलाई दोष दिने प्रवृत्तिले सुशासन हुन नसक्ने बताए ।

लेटाङ नगरपािलका प्रमुख शंकर राईले सांसदहरुले स्थानीय तहलाई थाहै नदिई योजना पास गराएर बजेट पठाउने गर्दा कार्यान्वयनमा समस्या हुने गरेको खुलाए । केराबारी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काप्mलेले पनि सांसदहरु मात्र नभएर प्रदेश र संघीय सरकारका निकायहरुले समन्व्य गरेमात्र योजनाको अनुगमन जनस्तरबाट हुनसक्ने र सुशासन कायम हुनसक्ने बताए ।

संघ र प्रदेश सरकारका योजनाहरु सुटुक्क कार्यान्वयन गराउँदा आफुहरुलाई जानकारी समेत नहुने कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए ।

जहदा गाउँपालिका अध्यक्ष कैलासप्रसाद मण्डलले पनि स्थानीय तहलाई जानकारी गराएर योजना कार्यान्वयन गराएमा सुशासन कायम हुनसक्ने बताए ।

गुणस्तर परीक्षण केन्द्र स्थापना गर्न माग

मापदण्ड मापन गर्ने परीक्षणशाला नहुँदा भौतिक योजनाहरु कम गुणस्तरीय ढंगले निर्माण भइरहेको भन्दै प्रदेश स्तरमै प्रयोगशाला र संयन्त्र स्थापना गर्न जनप्रतिनिधिहरुले माग गरे ।

२७ पुसमा एक नम्बर प्रदेशको शुसासन तथा योजना समितिलाई प्रदेशको योजना कार्यान्वयनमा सुशासनको अवस्थाबारे जानकारी गराउँदै जनप्रतिनिधिहरुले भौतिक निर्माणको गुणस्तर परीक्षण गर्न समस्या भइरहेकोले प्रदेश स्तरमै प्रयोगशाला स्थापना गर्न माग गरेका हुन् ।

मोरङ पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना बिष्ट बाँस्तोलाले अनुगमनका क्रममा भौतिक निर्माणका संरचनाहरु सन्तोषजनक नहुने भएपनि परीक्षणशाला नहुँदा हेरेकै भरमा गुणस्तरीय भनेर प्रतिवेदन दिनुपर्ने बाध्यता रहेको बताइन् ।

उनले प्रदेश स्तरमा कालोपत्रे, कल्भर्ट, लगायतका संरचनाहरु गुणस्तरीय ढुंगले निर्माण भए नभएको परिक्षण गर्ने परीक्षणशाला सहित विज्ञ संयन्त्रको स्थापना गर्न आवश्यक रहेको बताइन् ।

मोरङ कटहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले स्थानीय तहमा संघ र प्रदेश तथा सांसदहरु सहितका भौतिक निर्माणका योजना धेरै हुने गरेको तर गुणस्तर परीक्षण गर्ने केन्द्र नहुँदा मापदण्ड अनुसार निर्माण भए नभएको निक्र्यौल गर्न समस्या भइरहेको बताए ।

उनले भने ‘भौतिक निर्माण गुणस्तरिय छ छैन भनेर जाँच सयन्त्र प्रदेशमा हुनु अति आवश्यक छ ।
भौतिक निर्माणको कच्चा पर्दाथदेखि निर्माण कार्यसम्म परीक्षण गर्न स्थानीय तहलाई समस्या भइरहेको छ । सम्पन्न भएका भौतिक योजनाहरु हेरेकै भरमा प्रतिवेदन दिँदा भ्रष्टचारको आरोप समेत लाग्ने भय जनप्रतिनिधिहरुलाई छ ।’

लेटाङ नगरपालिका प्रमुख शंकर राईले आजकल सबैभन्दा बढी भौतिक योजनाहरु स्थानीय तहमार्फत नै भइरहेको तर सबैमा ईन्जिनियर समेत नभएकोले परिक्षण गर्ने निकाय अति आवश्यक रहेको बताए ।

Loading...