birat ribon

पाकिस्तानका विदेशमन्त्री इरान र साउदी अरेबियाको भ्रमणमा

Neuro
पाकिस्तानका विदेशमन्त्री इरान र साउदी अरेबियाको भ्रमणमा

पाकिस्तान २७ पुस । अमेरिकी ड्रोन हमलामा इरानी सेनापति कासिम सुलेमानीको हत्या भएपछि बढ्दो तनाव कम गर्न पाकिस्तानका विदेशमन्त्री आइतबार तेहरानको भ्रमणमा गएका छन् ।

पाकिस्तानले साउदी अरेबिया र इरानसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने दशकौंसम्मको प्रयास जारी राखेको छ ।

cura insider

हालै विकास भएका घटनाक्रमले शान्ति र सुरक्षाको अवस्था खतरामा पर्छ र शान्तिपूर्ण समाधानका लागि तत्काल र सामूहिक प्रयासको आवश्यकतालाई जोड दिन्छ– पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

शाह मेहमूद कुरेशीले इरानलाई राजनीतिक र कूटनीतिक माध्यमबाट मतभेद र विवाद सुल्झाउनका लागि सबै प्रयासलाई समर्थन गर्ने पाकिस्तानको तयारीबारे इरानलाई बताउने विज्ञप्तीमा उल्लेख छ ।

इरानी समकक्षी मोहम्मद जाभेद जारिफलाई भेटेपछि कुरेशीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानसँग वार्ता गर्न जनवरी १३ मा साउदी अरेबिया भ्रमण गर्ने छन् ।

पाकिस्तानी विदेशमन्त्रीले तेहरान र रियादको भ्रमणपछि अमेरिका जाने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

jackson ribon