birat ribon

धनुषाको घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह

Neuro
धनुषाको घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह

काठमाडौं २७ पुस । राष्ट्रिय मानव अधिकार आयोगले धनुषाका मानवाधिकार रक्षक ओमप्रकाश महतोलाई टिपरले टाउकामा किचेर हत्या गरिएको घटनका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

धनुषाकोे मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियानकर्मी महतोको यही २५ पुसमा औरहीखोलामा टिपरले टाउकामा कुल्चिएर हत्या गर्ने दोषीमाथि छानबिन गरी कारवाही गर्न माग गरिएको हो ।

cura insider

“निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न र पीडितलाई क्षतिपूर्तिका लागि आयोग सरकारको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त घटना दुःखद् भएकाले त्यसको कानूनी प्रक्रियाबारे नजिकबाट अनुगमन गरिरहेको बताए । घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगको प्रदेश २ कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

यसै सन्दर्भमा वातावरण संरक्षण अभियानकर्मीको टोलीले आयोगमा आइतबार ज्ञापनपत्र बुझाएको थियो । घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गर्दै उनीहरुले आयोगका अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।

jackson ribon