visit-nepal

जेनिथ इन्टरनेशनल कलेजद्धारा तीन जना सम्मानित

विराटनगर २७ पुस । विराटनगरको जेनिथ इन्टरनेशननल कलेज विराटनगरका तीन उद्योगी, व्यवसायी तथा समाजसेवीलाई सम्मान गरेको छ ।

तेश्रो वार्षिकोत्सवको अवसरमा उद्योगी सुरेशकुमार शर्मा, शिक्षा सेवी डा. मिनाक्षी नेपाल, समाज सेवाको क्षेत्रबाट लिलाकुमार ढुंगेललाई सम्मानित गरिएको हो ।

कलेजले तेश्रो बार्षिकोत्सवको अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रम शनिवार समापन गरिएको छ । वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

विभिन्न विधामा देश विदेशमा भएको कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीलाई कलेजले पुरस्कृत गरेको थियो ।

Loading...