चीनका चार सामुद्रिक र तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने

काठमाडौं २७ पुस । नेपालले चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ ।

नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चिनियाँ बाटो हुँदै तेस्रो मुलुकसँग व्यापार गर्ने पाउने भएको हो ।

चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने वाणिज्य सचिव डा.सचिव बैकुण्ठ अर्यालले बताए ।

यता रसुवा र तातोपानी नाकासहितका ६ नाका व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पनि बाटो खुलेको छ । हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाकाबाट नेपालले चीनसंग ब्यापार गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

Loading...