birat ribon

सरस्वती र बिग्रेडले बराबरी खेले

Neuro
सरस्वती र बिग्रेडले बराबरी खेले

काठमाडौं, २७ पुस । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लब र ब्रिगेड ब्वाईज क्लबले बराबरी खेलेका छन् । आइतबार भएको दोस्रो खेलमा सरस्वती र ब्रिगेड गोलरहित बराबरीमा रोकिएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा निर्धारित समय दुवैले गोल गर्न सकेनन् । यससँगै सरस्वतीले लिगमा पहिलो अंक जोड्यो । यसअघि पाँच खेलमा पराजित सरस्वतीले छैटौं खेलमा आएर एक अंक जोड्यो ।

cura insider
jackson ribon