birat ribon

जे जे लिग खेल्नका लागि अर्पण माल्दिभ्स प्रस्थान

Neuro
जे जे लिग खेल्नका लागि अर्पण माल्दिभ्स प्रस्थान

विराटनगर, २७ पुस । नेपाली यू–२३ राष्ट्रिय टिमका गोलरक्षक अर्पण कार्की माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्नलाई आज माल्दिभ्स प्रस्थान गरेका छन् । यसै सातादेखि सुरु हुने दोस्रो डिभिजनको लिगमा अर्पणले जे जे स्पोर्ट्स क्लबबाट खेल्नेछन् ।

af

गत सिजन जे जे स्पोर्ट्सबाटै खेलेका अर्पण यो सिजन पनि जे जे बाट नै खेल्ने भएका हुन् । गत सिजन नेपाल पुलिस क्लबबाट लिग खेलेका अर्पणले माल्दिभ्स लिगकै लागि शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिएनन् । माल्दिभ्सको क्लबसँग सम्झौता भएसँगै उनले नेपाली क्लबसँग सम्झौता नगरेका हुन् ।

cura insider

अघिल्लो सिजनमा नेपाल र माल्दिभ्सको लिगबाहेक अर्पणले पारो एफसीबाट भुटानी लिगसमेत खेलेका थिए । भुटानको लिगपछि अर्पण १३औं साग खेल्न नेपाल आएका थिए । सागमा नेपालले स्वर्ण जितेको थियो । यस्तै गत महिना जापानी जे लिगको यू–२३ टिमसँगको मैत्रीपूर्ण खेलमा अर्पणले नेपाल निलोको गोलपोस्ट सम्हालेका थिए ।

adf

अर्पणको टिम जे जे स्पोर्ट्स क्लब गत सिजनको लिगको उपविजेता टोली हो । लिगमा एक मात्रै टिम बढुवा हुने भएपछि गत सिजन जे जे स्पोर्ट्स दोस्रो डिभिजनमै रहेको थियो । यस सिजनको लिगमा भने दुई टिम बढुवा हुने बताइएको छ । माल्दिभ्सको दोस्रो डिभिजनको लिगमा ९ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

jackson ribon