birat ribon

बार्सिलोनाको प्रशिक्षक बन्नु मेरो सपना हो : जाभी

Neuro
बार्सिलोनाको प्रशिक्षक बन्नु मेरो सपना हो : जाभी

एजेन्सी, २७ पुस । कतार स्टार्स लिग क्लब अल–स्याडका म्यानेजर जाभी हर्नान्डेजले आफ्नो सपना बार्सिलोनाको प्रशिक्षक बन्नु रहेको बताएका छन् । अन्तर्वार्ताका क्रममा बार्सिलोनाका पूर्वखेलाडी जाभीले यस्तो बताएका हुन् ।

पछिल्लो समय बार्सिलोनाले आफ्ना वर्तमान प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई हटाएर पूर्वखेलाडी जाभीलाई प्रशिक्षकको रूपमा नियुक्त गर्ने चर्चा चलेको छ । जाभीलाई आगमी दुई पूरा सिजन प्रशिक्षकको जिम्मेवारी सुम्पिने चर्चाकाबीच जाभीले यस्तो बताएका हुन् ।

cura insider
xavi

‘मेरो सपना बार्सिलोनाको प्रशिक्षक बन्नु हो’, शनिबार आफ्नो टोली कतारी कपको फाइनल पुगेपछि बोल्दै उनले भने, ‘म आफ्नो सपनालाई अस्वीकार गर्नै सक्दिँन । मैले यो धेरै पटक धेरै वटा अन्तर्वार्तामा भनिसकेको छु । सबैलाई थाहा छ कि म बार्सिलोनाको फ्यान हुँ । बार्सिलोनामा मेरो हृदयमा छ । तर, म हाल अल–स्याडमा ध्यान दिइरहेको छु ।’

उनलाई प्रशिक्षक बनाउनका लागि बार्सिलोनाका प्रमुख कार्यकारी ओस्कार ग्राउ र टेक्निकल सेक्रेटरी इरिक अबिडाल जाभीसँग भेट गर्न शुक्रबार दोहा पुगेका थिए । भेटमा जाभीलाई बार्सिलोनाको प्रशिक्षकका लागि प्रस्ताव राखिएको थियो । ‘इरिक अबिडाल मेरो साथी हुन्, मैले उनीसँग धेरैपटक भेट गरिसकेको छु ।’
‘म बार्सिलोनाका साथै भाल्भेर्डेको पनि सम्मान गर्छु,’ उनले भने, ‘म अहिले यहाँ काम गरिरहेको छु र म मेरो सम्झौतालाई पनि उत्तिकै सम्मान गर्छु । अब म फाइनलमा केन्द्रित छु । अल–स्याडलाई प्रशिक्षण दिन पाउँदा खुशी छु । यसैले अहिले म यसबारे केही भन्न सक्दिँन ।’

jackson ribon