birat ribon

बक्सअफिसमा हिट हुँदै ‘तान्हाजी’, दुई दिनमा कमायो ३५ करोड

Neuro
बक्सअफिसमा हिट हुँदै ‘तान्हाजी’, दुई दिनमा कमायो ३५ करोड

विराटनगर, २७ पुस । अभिनेता अजय देवगनको मुख्य अभिनय रहेको बलिउड फिल्म ‘तान्हाजीः द अनसङ वारियर’ले बक्सिअफिसमा उत्कृष्ट ओपनिङ्ग गरेको छ । दीपिका पादूकोणको फिल्म ‘छपाक’सँगको प्रतिस्पर्धाका बीच ‘तान्हाजी’ले उत्कृष्ट सुरुआत गरेको हो ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शले गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘तान्हाजी’ले पहिलो दिन १५ करोड १० लाख रुपैयाँको व्यापार गरेर उत्कृष्ट सुरुआत गरेको ट्वीटमार्फत जानकारी दिएका छन् ।

cura insider
afsd

फिल्मले दोस्रो दिन २०.५७ करोड कमाएर दुई दिनमा जम्मा ३५.६७ करोड कमाउन सफल भएको छ । विश्लेषक तथा दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको कारण फिल्मको व्यापारमा थप उल्लेख्य वृद्धि हुने बताइएको छ । ‘तान्हाजी’ भारतमा ३ हजार ८ सय ८० र विदेशमा ६ सय ६० स्क्रिनमा प्रदर्शनरित छ ।

ओम राउतको निर्देशनमा बनेको एतिहासिक फिल्ममा अजय देवगनका साथ अभिनेता सैफअली खान र अभिनेत्री काजोलको मुख्य अभिनय रहेको छ । ‘तान्हाजी’ अजय देवगनको १००औँ फिल्म रहेको छ ।

jackson ribon