birat ribon

रोमालाई हराउँदै शीर्ष स्थानमा उक्लने दाउमा युभेन्टस

Neuro
रोमालाई हराउँदै शीर्ष स्थानमा उक्लने दाउमा युभेन्टस

एजेन्सी, २७ पुस । इटालियन सिरी ‘ए’ मा आज डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसले रोमासँग खेल्दैछ । नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुने उक्त खेलमा युभेन्टस र रोमाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

df

रोमाले यस खेलका लागि युभेन्टसलाई आफ्नो मैदानमा आतिथ्यता प्रदान गर्दैछ । जारी लिगमा युभेन्टस दोस्रो तथा रोमा चौथो स्थानमा छ । समान १८–१८ खेल खेलेका युभेन्टससँग ४५ अंक छ भने रोमासँग ३५ अंक छ । आजको खेलमा युभेन्टसलाई शीर्ष स्थानमा उक्लने अवसर छ ।

cura insider

हाल शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग ४६ अंक छ । इन्टरले १९ खेल खेलेको छ । रोमालाई हराउन सके युभेन्टसले ४८ अंकसहित शीर्ष स्थान बनाउनेछ ।

jackson ribon