birat ribon

फ्रेन्डसले थ्रीस्टारलाई हरायो

Neuro
फ्रेन्डसले थ्रीस्टारलाई हरायो

काठमाडौं, २७ पुस । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले उपाधि दाबेदार मानिएको थ्री स्टार क्लबलाई पराजित गरेको छ । आइतबार भएको पहिलो खेलमा फ्रेन्डसले थ्रीस्टारलाई १–० गोलले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त खेलमा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे । उनले खेलको १३औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई जिताएका हुन् ।

cura insider

खेलमा गोलकर्ता वाग्नेर डी कार्मो म्यान अफ द म्याच चुनिए । यससँगै फ्रेन्ड्स क्लब पाँच अंक जाडेको छ । थ्रीस्टारसँग भने १० अंक छ ।

jackson ribon