birat ribon

पुरुषको तुलनामा महिलालाई रक्सीको लत धेरै

Neuro
पुरुषको तुलनामा महिलालाई रक्सीको लत धेरै

मदिराजन्य पदार्थको सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने थाहा हुँदाहुँदै पनि पुरुषहरूका साथ साथै महिलाहरूसमेत मदिराको लतमा फसिरहेका छन् । महिलाको तुलनामा पुरुषले धेरै रक्सी पिउने वा दोब्बर पिउने अनुमान लगाइएको छ । तर, सन् १९९१ देखि २००० बीचमा जन्मेका महिलाले आफ्ना पुरुष साथीले जत्तिकै रक्सी पिइरहेको पाइएको छ ।

afasdf

अमेरिकाको सरकारी आँकडाका अनुसार सन् २००० देखि २०१५ को बीचमा ४५ देखि ६४ वर्षका महिलाको लिभर सिरोसिसका कारण मृत्युको संख्यामा ५७ प्रतिशतको वृद्धि र पुरुषको संख्या २१ प्रतिशत रहेको छ । त्यस्तै, २५ देखि ४४ वर्ष उमेरका महिलाको सिरोसिसका कारण मृत्युको संख्यामा १८ प्रतिशतको वृद्धि देखिएको छ, भने पुरुषको संख्यामा १० प्रतिशतले झरेको छ । महिलामाथि रक्सीको असर पुरुषको तुलनामा भिन्न तरिकाले हुन्छ ।

cura insider

वैज्ञानिकका अनुसार महिलाको शरिरबाट निकै सीमित मात्रामा कलेजोबाट अल्कोहल डिहाइड्रोगेनेज (एडीएच) इन्जाइम निस्कने गर्छ जसले शरीरमा अल्कोहललाई तोड्ने काम गर्छ । महिलामाथि रक्सीको असर धेरै हुने भएकाले रक्सी पिउने महिलालाई पुरुषको तुलनामा धेरै समस्या हुने हार्वर्ड मेडिकल स्कूलमा मनोविज्ञानका प्राध्यापक र मेकलिन हस्पिटल म्यासाच्यूटएसमा एडिक्शन साइकोलोजिस्ट डन सुगरम्यानले बताएका छन् ।

धेरै रक्सी पिउँने महिलाहरूमा पुरुषको तुलनामा रक्सीको लत र स्वास्थ्य समस्या धेरै हुन्छ । यसलाई टेलिस्कोपिङ भनिन्छ अर्थात् महिला पुरुषको तुलनामा निकै ढिला रक्सी पिउन सुरु गर्छन् तर चाँडै नै यसको असर उनीहरूमा भएको पाइन्छ । सन् १९९० मा जब अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले क्लिनिकल रिसर्चमा पुरुषका साथै महिलालाई समावेश गर्न सुरु गरेपछि स्थितीमा परिवर्तन आएको हो ।

jackson ribon