birat ribon

‘मड्रिड डर्बी’बाट मैदान फर्किँदै हाजार्ड

Neuro
‘मड्रिड डर्बी’बाट मैदान फर्किँदै हाजार्ड

एजेन्सी, २७ पुस । रियल मड्रिडका स्टार खेलाडी इडेन हाजार्ड एथ्लेटिको मड्रिडविरुद्धको खेल ‘मड्रिड डर्बी’बाट मैदान फर्किने भएका छन् । फेब्रुअरीको पहिलो दिन नै हुने एथ्लेटिको मड्रिडसँगको खेलबाट बेल्जियन स्टार हाजार्ड मैदान फर्किने स्पेनिस मिडियाले जनाएका छन् ।

af

गत नोभेम्बरमा खुट्टाको चोट बोकेका हाजार्डले पनि आफू ला लिगाअन्तर्गत फेब्रुअरी महिनाको पहिलो दिन हुने मड्रिड डर्बीबाट मैदान फर्किने योजनामा रहेको बताएका छन् । चेल्सीका पूर्वस्टार हाजार्ड च्याम्पियन्स लिगअन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को खेलमा घाइते हुन पुगेका थिए । त्यसपछि उनले मैदान फर्किन पाएका छैनन् ।

cura insider

हाल उपचाररत रहेका हाजार्ड चाँडै नै मैदान फर्किने मनसायमा छन् । यदि, उनी फेब्रुअरीबाट नै मैदान फर्किएमा च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीसँगको खेलमा मौका पाउने छन् । अन्तिम १६ अन्तर्गत हुने सिटीसँगको खेल फेब्रुअरी महिनाकै अन्तिममा हुनेछ ।

रियलले आज स्पेनिस सुपरकोपाको फाइनल खेल्दैछ । शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँगको उक्त खेल नेपाली समयअनुसार ११ः४५ बजेबाट सुरु हुनेछ । यो खेल साउदीको किंग्स अब्दुल्लाह स्टेडियममा हुनेछ । जसमा, यी दुवै टोली एक अर्कालाई हराउँदै उपाधि उचाल्ने दाउमा हुनेछन् ।

रियल मड्रिड भ्यालेन्सियालाई सेमिफाइनलमा हराउँदै उपाधि नजिक पुगेको हो भने एथ्लेटिकोले सर्वाधिक १३ पटकको उपाधि विजेता बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेको हो ।

jackson ribon