visit-nepal

तीन नम्बर प्रदेशको नाम ‘वाग्मती’

हेटौंडा, २७ पुस । तीन नम्बर प्रदेशको नाम वाग्मती घोषित भएको छ । आइतबार बिहान बसेको प्रदेशसभाको बैठकले ३ नम्बर प्रदेशको नाम वाग्मती घोषणा गरेको हो ।

आज भएको मतदानमा दुई तिहाई मतसहित वाग्मती नाम पारित भयो । प्रदेशको नाम वाग्मती राख्न सबै दल सहमत थिए । प्रदेश सभाको बैठकमा उपस्थित १०८ सांसदले प्रदेश ३ को राजधानी बागमती राख्ने पक्षमा मतदान गरेका थिए । विपक्षमा कुनै मत खसेन ।

मतदान सकिएसँगै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदश ३ को नाम वाग्मती र राजधानी हेटौंडा घोषणा गरे ।

Loading...