लियोका सदस्यहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा

विराटनगर, २६ पुस । समुदाय र विद्यालयमा यौन तथा प्रजजन स्वास्थ्य शिक्षा प्रदान गर्ने किशोर किशोरीहरूलाई लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले प्रशिक्षण दिएको छ । लियो क्लबमा आवद्ध किशोर किशोरीलाई दुई दिन यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिएको हो ।

लियो क्लबमा आवद्ध भएका किशोर किशोरीहरूलाई समुदाय र स्कूलहरूमा गएर स्वास्थ्य सचेतना गराउन स्वास्थ्य शिक्षा सामाग्री तयार गर्न शुक्रबार र शनिबार कार्यशाला आयोजना गरिएको लायन्स क्लब अफ विराटनगरका अध्यक्ष डा.बालकृष्ण साहले जानकारी दिए । लियो क्लबमा आवद्ध भएका युवाहरूले यसअघि नै २ दिने प्रशिक्षण लिएका थिए ।

aaaa

कार्यशाला गोष्टिका सहभागीहरूले स्कुल, क्याम्पस र समुदायमा यसै हप्तादेखि सचेतना गराउने क्लबका सचिव अजय कटुवालले बताए । नेपालमा उच्च मातृमृत्युदर रहेको बताउँदै क्लबका अध्यक्ष तथा स्त्रीरोग विशेषज्ञ डा.साहले मृत्युदरको ७ प्रतिशतभन्दा बढी कारण असुरक्षित गर्भपतन रहेको बताए ।

उनले ४१ प्रतिशत प्रजनन् उमेरका महिलाहरूलाई मात्र नेपालमा गर्भपतन सेवाले कानूनी मान्यता पाएको जानकारी रहेको बताए । असुरक्षित गर्भपतनबाट हुने मातृ मृत्युदर न्यूनीकरण गर्न प्रजनन् उमेरका किशोरी तथा महिलाहरूलाई परिवार नियोजन, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व तथा महिनावारीका बारेमा प्रशिक्षण पाएका सहभागीहरूले सचेतना गराउने उनले बताए ।

प्रशिक्षण लिएका एक जनाले ५ वटा विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउने क्लबले जनाएको छ । कार्यक्रममा लायन्य अन्तर्राष्ट्रिय ३२५ ए वानका गर्भनर लायन इन्द्र खत्री राजन, विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की, डा.बालकृष्ण साह, पुनम विष्ट, गजेन्द्र यादब, वीरेन्द्र देव र अजय कटवालले सहजिकरण गरेका थिए । कार्यक्रममा दुई दर्जन युवाहरूको सहभागिता रहेको थियो ।

Loading...