छायांकनका क्रममा घाइते भए शाहिद, रोकियो छायांकन

विराटनगर, २७ पुस । बलिउडका चर्चित अभिनेता शाहिद कपुर फिल्म ‘जर्सी’को सुटिङका दौरान घाइते भएका छन् । क्रिकेट खेलाडीमाथि बनिरहेको फिल्मको क्रिकेट खेल्दाको सिन रिहर्सलका क्रममा शाहिद घाइते भएका हुन् ।

रिहर्सलका क्रममा फ्याँकिएको बल उनको तल्लो ओठमा लागेका कारण शाहिदको ओठ काटिएर रगत आएको थियो । घटनापछि उनलाई उपचारका लागि तत्कालै चिकित्सककोमा लगिएको थियो । र, उनको घाउमा चिकित्सकहरूले टाँका लगाइदिएका छन् । चोटबाट उनको ओठ सुनिएको छ ।

aa

उनी घाइते भएपछि सुटिङ प्रभावित भएको छ । फिल्मको छायांकन उनको घाउ ठीक भएपछि मात्र सुरु हुने ब्भाएको छ । पाँच दिनमा उनी ठीक हुने जनाइएको छ । फिल्ममा शाहिदका साथै उनका पिता अभिनेता पंकज कपुर र अभिनेत्री मृनाल ठाकुरको मुख्य अभिनेता रहेको छ ।

फिल्मलाई अल्लु अरविन्द, अम गिल, दिल राजुले संयुक्त रूपमा निर्माण गर्ने भएका छन् । फिल्मलाई २०२०को अगस्त २८ मा रिलिज गरिने भएको छ । उक्त फिल्म नानी र श्रद्धा श्रीनाथको मुख्य भूमिका रहेको तेलेगु फिल्म ‘जर्सी’को हिन्दी रिमेक हो ।

Loading...