birat ribon

बालबालिका पनि हुन सक्छ बाथको समस्या

Neuro
बालबालिका पनि हुन सक्छ बाथको समस्या

विराटनगर, २७ पुस । बाथ रोग भर्खर जन्मेको शिशुदेखि वृद्धा अवस्थाका व्यक्तिहरूलाई प्रभाव पार्न सक्छ । १६ वर्षमुनिका बालबालिकालाई जुबिनाइल आइडियोप्याथीक आर्थराइटिस (जेआईए) हुने गर्दछ । जेआईएको पनि धेरै प्रकारहरू हुन्छन् ।

यसले ३ वा ४ वटा हड्डिलाई असर गर्ने, कुनैले एकैचोटी ६ ओटाभन्दा बढीलाई वा कुनैले पछाडिको भागलाई मात्र असर गर्न सक्छ । अन्य व्यक्तिहरूलाई जस्तै नै बाथ रोगले बालबालिकालाई पनि त्यसरी नै असर गर्ने गर्छ । बाथ रोग लागेको आमाले जन्माएको नवजात शिशुको अनुहारमा रातो दाग देखिएमा आमाको एन्टिबडिले शिशुमा एट्याक गरेको मानिन्छ र यो पछि आफैँ निको हुने गर्छ ।

cura insider

आमा बाथ रोगबाट ग्रसित छिन् भने बालबालिकाहरूमा सानै उमेरबाट नै हार्ट फेल हुने, हार्ट ब्लक हुने जस्ता समस्या निम्तिन सक्छ । बंशानुगत कारणले वा बुबाआमामा कुप्रिने बाथको समस्या भएमा छोराछोरीमा पनि यो रोग देखा पर्न सक्छ । यो १ सय बालबालिकामध्ये ७ जनालाई हुन सक्छ ।

शरीरको बनावट तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिकाहरूलाई बाथको जोखिम उच्च रहन्छ । साथै वातावरण प्रदूषण तथा घट्दै गएका तापक्रमका कारणले पनि बाथ रोग निम्त्याउँन सक्छ । शरीरको कुनैपनि भाग सुन्निने, दुख्ने र कहिलेकाँही रातो हुने, शरीर बिहान र साझँ धेरै कक्रक पर्ने तर, घाम लागेसँगै समस्या कम हुँदै जाने, छालामा चाया, कत्ला वा डाबर आउने बाथ रोगका लक्षणहरू हुन सक्छन् ।

कुनै बाथमा ज्वरो आइरहन्छ र सुरुआती चरणमा डायरीया हुन्छ । डायरीया भएको दुई हप्तापश्चात जोर्नी दुखेर बाथ सुरु हुन्छ । कुनै बालबालिकामा भने सुरुमा आँखा रातो हुन्छ । आँखा रातो हुँदा अभिभावकले ध्यान नदिए दृष्टिविहीनसमेत गराउँन सक्छ । कलिलो उमेरमा हुने बाथ रोगका कारण बालबालीकालाई मस्तिष्कघात, प्यारालाइसिस गराइदिन सक्छ ।

बालबालीकाहरू आफ्नो समस्याहरू बताउन नसक्ने अवस्थामा अभिभावकले उनीहरूको रेखदेखमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कुनै अभिभावकले आफ्नो बच्चालाई बाथ रोगको शंका लाग्नेबित्तिकै बाथ रोग विशेषज्ञकहाँ गएर परीक्षण गराउनु अति आवश्यक हुन्छ । बाथ रोग लागेको छोटो समयमा नै पत्ता लगाएर उपचार गराएमा छोटो समयमा नै निको हुन्छ ।

jackson ribon