birat ribon

सुपरकोपाको उपाधिका लागि रियल र एथ्लेटिको भिड्दै, जिदानको नवौं फाइनल

Neuro
सुपरकोपाको उपाधिका लागि रियल र एथ्लेटिको भिड्दै, जिदानको नवौं फाइनल

एजेन्सी, २७ पुस । स्पेनिस सुपरकोपाको फाइनलमा आज शहरी प्रतिद्वन्द्वी रियल मड्रिड र एथ्लेटिको मड्रिडले प्रतिस्पर्धा गर्दैछन् । ‘मड्रिड डर्बी’का रूपमा परिचित उक्त खेल नेपाली समयअनुसार ११ः४५ बजेबाट सुरु हुनेछ ।

sdf

यो खेल साउदीको किंग्स अब्दुल्लाह स्टेडियममा हुनेछ । जसमा, यी दुवै टोली एक अर्कालाई हराउँदै उपाधि उचाल्ने दाउमा हुनेछन् । रियल मड्रिडले भ्यालेन्सियालाई सेमिफाइनलमा हराउँदै उपाधि नजिक पुगेको हो भने एथ्लेटिकोले सर्वाधिक १३ पटकको उपाधि विजेता बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेको हो ।

cura insider

रियलबाट जिदानको नवौं फाइनल

प्रशिक्षक जिनेदिन जिदानले प्रशिक्षकको जिम्मेवारी सम्हालेदेखि आज रियलका लागि नवौं फाइनल खेल खेलाउँदैछन् । यसअघि जिदानले रियलका साथमा ३ वटा च्याम्पियन्स लिगको उपाधि भिडन्त खेलेको थियो भने २ वटा युइएफए सुपर कप, २ क्लब विश्वकप, १ ला लिगा र १ सुरकपको फाइनलमा प्रतिस्पर्धा गरिसकेका छन् ।

जसबाट रियलले १ सय ४९ वटा खेलमा १ सय ५ खेलमा जित, २८ खेलमा बराबरी र १६ खेलमा पराजित भएको हो ।

jackson ribon