visit-nepal

प्रदेश नम्बर तीनको राजधानी हेटौंडा

काठमाडौं, २७ पुस । तीन नम्बर प्रदेशको राजधानी टुंगो लागेको छ । ३ नम्बर प्रदेशसभाको बैठकले आइतबार राजधानीको विषय टुंगो लगाएको हो ।

हेटौंडामा भएको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । राजधानी हेटौँडा राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच एकमत देखियो

आइतबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाई मतसहित हेटौँडा राजधानी कायम भएको हो।प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई राजधानी कायम गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा मत विभाजन हुँदा हेटौँडाको पक्षमा दुई तिहाई पुगेको हो।

स्थायी राजधानी हेटौंडा बनाउने प्रस्तावको पक्षमा १०५ मत मात्र परेको छ । त्यस्तै विपक्षमा ३ मत परेको छ । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै हेटौँडा राजधानी दुई तिहाई बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

Loading...