birat ribon

ताइवानको राष्ट्रिपतिमा साई इङ्ग विजयी

Neuro
ताइवानको राष्ट्रिपतिमा साई इङ्ग विजयी

काठमाडौं । ताइवानको राष्ट्रपतिमा चिनियाँ विरोधी भनेर चिनिएकी साइ इङ्ग विन निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा उनी ५७ प्रतिशत मतसहित राष्ट्रपतिमा निर्वाचित भइन् ।

राष्ट्रपतिको चुनावमा मुख्य रुपमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग विन र कुमिन्तांग पार्टीका नेता खान ग्वो यीबीच प्रतिश्पर्धा भएको थियो ।

cura insider

राष्ट्रपतिमा साइ इङ्गले हङकङमा भएको प्रदर्शनको समर्थन गरेकी थिइन् । उनले चीन र ताइवानबीच मौजुदा स्थितिको समर्थन गरेपनि चीनसँग भने निकट हुन नचाहेको बताउने गरेकी छिन् ।

चीनको आधिकारिक नाम ‘पिपुल्स रिपब्लिक अफ चाइना’ हो भने ताइवानको आधिकारिक नाम ‘रिपब्लिक अफ चाइना’ हो । दुवैको नाममा ‘चाइना’ जोडिएको छ ।

१९४९ मा आन्तरिक गृहयुद्ध समाप्त भएदेखि चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ । तर ताइवान १९५०देखि नै स्वतन्त्र रहँदै आएको छ । तर चीन यसलाई आफ्नो विद्रोही राज्य मान्दछ ।

अर्कोतर्फ ताइवानले आफूलाई स्वतन्त्र र सम्प्रभु राष्ट्र ठान्दछ । चीनले त्यही देशसँग कूटनीतिक सम्बन्ध राख्दछ जसले ताइवानलाई एक स्वतन्त्र देशको मान्यता दिँदैन ।

थोरै देशहरु छन् जसले ताइवानलाई स्वतन्त्र देशको दर्जा दिन्छन् । यद्यपि कतिपय देशहरुको ताइवानसँग व्यापारिक सम्बन्ध छ ।

राष्ट्रपतिमा निर्वाचित साइ इङ्ग विन ताइवानको स्वतन्त्रतासँग सम्झौता गर्न चाहँदैनिन् । उनले हङकङस्तो एक देश दुई सिस्टमको राजनीतिक व्यवस्थालाई खारेज गर्दछिन् ।

यस्तै राष्ट्रपतिका निकटतम प्रतिस्पर्धी खान ग्वो यी र उनको पार्टी केएमटी चीनप्रति नरम हुँदै चीनसँग निकटको सम्बन्ध बनाउनुपर्ने पक्षमा छन् ।

jackson ribon