birat ribon

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

Neuro
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

विराटनगर २७ पुस । आज राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो ।

cura insider

अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गरेका थिए । यसपछि भारतमा उपनिवेश चलाइ रहेका अङ्ग्रेज पनि उनसँग डराएका थिए ।

नेपालको भौगोलिक एकीकरण गरेर अहिलेको नेपाल बनाएका शाहको १ माघ १८३१ मा निधन भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा अहिले हटाइएको छ ।

दिवसको अवसरमा प्रदेश १ को राजधानी विराटनगर लगायत विभिन्न स्थानमा पनि विविध कार्यक्रमको आयोजना गरिँदै छ ।

jackson ribon