birat ribon

एन्फालाई गणेश थापाको प्रश्न – ‘कुन धारा अनुसार प्रदेश १ फुटबल संघ गठन गरियो ?’

Neuro
एन्फालाई गणेश थापाको प्रश्न – ‘कुन धारा अनुसार प्रदेश १ फुटबल संघ गठन गरियो ?’


विराटनगर २७ पुस । अखिल नेपाल फुटबल सङ्घको विधानको कुन धारा अनुसार प्रदेश १ फुटबल संघ गठन भएको भन्दै पूर्वअध्यक्ष गणेश थापाले प्रश्न गरेका छन् ।

cura insider

उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै नवगठित प्रदेश १ फुटबल संघ तदर्थ समिति हो या निर्वाचित हो भन्ने खुलाउन माग गरे ।

यस्तै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो समिति विधानको कुन धारा अनुसार गठन गरिएको हो भन्ने प्रश्न गरेका छन् । एन्फाको कार्यसमितिको निर्णय विना नै समिति गठन गरिएको उनले बताए । यो कुन धाराले दिएको अधिकार हो भन्दै उनले प्रश्न गरेका हुन् ।

तदर्थ समिति हो भने एन्फाको कार्यसमितिले मात्र गठन गर्न सक्ने भन्दै उनले प्रदेश १ फुटबल संघ गठन गर्दा निर्वाचनको कुनै प्रकृया भएको नदेखिएको उनले बताए ।

विधान विपरित कार्य हुँदापनि खेलकुदको सर्वाेच्च निकाय खेलकुद मन्त्रालयले तथ राष्ट्रिय खेलकुद परिषदले कहिले सम्म छुट दिने ? भन्ने प्रश्न समेत उनको छ ।

jackson ribon